टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले स्कटल्याण्डलाई ८ विकेटले हरायो : सेमिफाइनल पुग्ने सम्भावना कायमै

 कात्तिक २०, २०७८ शनिबार ७:११:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले स्कटल्याण्डलाई फराकिलो अन्तरले हराएको छ । गए राती दुबईमा भएको खेलमा भारतले स्कटल्यान्डलाई ८ विकेटले पराजित गरेको हो ।

स्कटल्यान्डले दिएको ८६ रनको लक्ष्य भारतले ६ ओभर ३ बलमा दुई विकेटको क्षतिमा भेट्टायो । भारतका केएल राहुलले ५० रनको अर्धशतकिय पारी खेले । त्यस्तै रोहित शर्माले ३० रन जोडे । स्कटल्यान्डका ब्राड ह्वील र मार्क वाट्टले एक÷एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको स्कटल्यान्डले १७ ओभर ४ बलमा सबै विकेट गुमाएर ८५ रन बनाएको थियो । स्कटल्यान्डका जर्ज मुन्सीले सर्वाधिक २४ रन जोडे । भारतका मोहम्मद सामी र रविन्द्र जडेजाले समान तीन÷तीन विकेट लिए ।

जसप्रित बुमराहले दुई तथा रविचन्द्रन आश्विनले एक विकेट लिए । जितसँगै भारतले चार खेलबाट चार अङ्क जोडेको छ । समूह दुईबाट चार खेल जित्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

चारमध्ये तीन खेल जितेको न्यूजिल्यान्ड दोस्रो स्थानमा छ । भारतले पनि सेमिफाइनलको सम्भावना कायमै राखेको छ । भारतले सेमिफाइनलमा प्रवेशका लागि नामिवियालाई ठुलो अन्तरले हराउनुपर्ने हुन्छ भने अफगानिस्तानले न्यूजिल्यान्डलाई जित्नुपर्छ । साथै रनरेटमा पनि भर पर्नुपर्नेछ ।

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया