सर्लाहीमा कार डुब्दा बेपत्ता दुई जनाको शव फेला
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज अफगानिस्तान र न्यूजिल्यान्ड तथा पाकिस्तान र स्कटल्याण्ड खेल्दै छन् ।
सुपर १२ को समूह दुई अन्तर्गत अफगानिस्तान र न्यूजिल्यान्डबीचको खेल यूएईकाे अबुधाबीमा दिउँसो पौने चार बजे सुरु हुनेछ । समूह दुईमा लगातार चार खेल जितेको पाकिस्तान सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
दोस्रो स्थानमा रहेको न्यूजिल्याण्डको ६ अंक छ । अब यो समूहबाट न्यूजिल्यान्ड, अफगानिस्तान र भारतमध्ये एउटा टोली सेमिफाइनल पुग्नेछ । अफगानिस्तानले हारेमा यूजिल्यान्ड ८ अंकसहित सेमिफाइनलमा पुग्नेछ ।
तर अफगानिस्तानले जिते उसको ६ अंक हुनेछ । अनि न्यूजिल्यान्ड, अफगानिस्तान र भारतका लागि सेमिफाइनल होड खुल्ला रहनेछ ।
किनभने चारमध्ये दुई–दुई खेल जितेका भारत र अफगानिस्तानको अहिले समान चार–चार अंक छ । आज न्यूजिल्यान्ड हारेमा र अबको बाँकी खेलमा भारतले नामिबियालाई हराउन सके तीन वटै टोलीको समान ६–६ अंक हुनेछ । रनरेटका आधारमा भारत अगाडि रहेकाले सेमिफाइनलमा पुग्ने सम्भावना पनि बलियो बन्नेछ । आज अफगानिस्तानले हारे भारत पनि बाहिरिनेछ । भारत र नामिबियाबीचको खेल सोमबार हुनेछ ।
यस्तै, आज हुने दोस्रो खेलमा पाकिस्तान र स्कटल्याण्ड राती पौने आठ बजे सारजाहमा खेल्दै छन् । पाकिस्तानले स्कटल्यान्डलाई हराएमा पाँच खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेल्नेछ । सुपर १२ को समूह एकबाट इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा पुगेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।