सर्लाहीमा कार डुब्दा बेपत्ता दुई जनाको शव फेला
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – यही कात्तिक २९ गतेदेखि आयोजना हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ । अघिल्ला संस्करण दुई मैदानमा आयोजना भएको लिग अब भने चार मैदानमा आयोजना हुँदैछ । मनाङ मर्स्याङ्दी फुटबल क्लबले पोखराको रङ्गशालालाई घरेलु मैदान बनाउँदैछ भने च्यासल मैदान पनि लिगका लागि प्रयोग गर्ने योजना आयोजक एन्फाले बनाएको छ ।
नेपाली फुटबलको मेरुदण्ड मानिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग कात्तिक २९ गते त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा उद्घाटन हुँदैछ । उद्घाटन खेल ‘फ्लड लाइट’ मा खेलाउने तालिका बनाएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले दशरथ रङ्गशालाबाहेक एन्फा टेक्निकल सेन्टर, च्यासल मैदान र मनाङ मर्स्याङ्दीले प्रस्ताव गरेको पोखरा रङ्गशालामा खेलाउने सक्ने बताएको छ ।
दशरथ रङ्गशालामा उद्घाटन हुने खेल बेलुकी ५ बजे सुरु हुनेछ । २०७२ को भूकम्पपछि बनेको नयाँ रङ्गशालामा उद्घाटन खेलबाहेक अन्य खेल भने दिउँसो ३ बजे हुनेछन् । काठमाण्डाैकाे मध्य भागमा रहेको रङ्गशालामा १३ औँ दक्षिण एसियाली खेलकुद भइसकेकाे छ भने केही अन्तर्राष्ट्रिय खेल पनि सम्पन्न भइसकेकाे छ । सुरुवाती दुई चरणका तालिका मात्र सार्वजनिक भएको मध्येमा दशरथ रङ्गशालाका साथै एन्फा टेक्निकल सेन्टरमा तोकिएको छ ।
एन्फा टेक्निकल सेन्टरमा आयोजना हुने पहिलो खेल कात्तिक ३० गते हिमालयन शेर्पा र सङ्कटा क्लबबीच आयोजना हुनेछ । त्याे खेल दिउँसाे १२ बजे हुनेछ । कृत्रिम मैदान एन्फा टेक्निकल सेन्टरमा अहिले केही टोलीले मैत्रीपूर्ण खेल खेलेका छन् जसलाई 'प्रि–सिजन' को अभ्यास खेलका रूपमा व्याख्या गरिएको छ । तेस्रो चरणको खेल च्यासलमा गराउने लक्ष्य राखेको एन्फामा केही प्राविधिक काम भने बाँकी नै छ । मैदानमा गोलपोस्ट बनाउने र मैदानभित्र खेल क्षेत्रको लाइन बनाउने काम बाँकी नै छ ।
यस्तै चौथो खेल स्थलका रूपमा पोखरा रङ्गशाला पनि प्रयोग आउने एन्फाले जनाएको छ । त्यहीअनुसार तालिका बनाउनुपर्ने भएकाले दुई चरणका खेललाई मात्र खेल स्थल, मिति र समय तोकिएको हो ।
कोरोना भाइरस सङ्क्रमणका कारण सीमित दर्शक उपस्थिति हुँदै आएको मैदानमा नयाँ सिजनको खेलमा दर्शकलाई अनुमति दिने जनाएको छ । फागुन १४ गतेसम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदैछन् भने दुई टोली रेलिगेशनमा घटुवा हुनेछन् । लिगमा कुल १३ चरण र ९१ खेल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।