सर्लाहीमा कार डुब्दा बेपत्ता दुई जनाको शव फेला
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – आईसीसी टी–२० विश्व कप २०२१ को फाइनलमा आज आइतवार अस्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन् । आज अस्ट्रेलिया र न्युजिल्यान्डमा जसले जिते पनि विश्वले नयाँ टी–२० च्याम्पियन पाउनेछ ।
न्युजिल्यान्ड टिम ६ वर्षमा आईसीसी प्रतियोगिताको चौथो फाइनल खेल्न लागेको हो । न्युजिल्यान्डले सन् २०१५ र २०१९ मा एकदिवसीय विश्व कप र यही वर्षको जुनमा टेस्ट च्याम्पियनशिपको फाइनल पनि खेलेको थियो, टेस्टमा भने यो टिम विश्व च्याम्पियन हो ।
पाँच महिनामा केन विलियमसनको टिम दोस्रो पटक विश्व च्याम्पियन बन्न सक्छ । विलियमसनको नेतृत्वमा टिमको यो दुई वर्षमा तेस्रो आईसीसी फाइनल हो । पछिल्लो एकदिवसीय विश्व कप बाहेक टेस्ट च्याम्पियनशिपमा पनि पनि किवी टिमको कप्तानी विलियमसनले गरेका थिए ।
न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्व कपको फाइनलमा पुगेको हो ।
आईसीसी एकदिवसीय विश्व कप सबैभन्दा धेरै पाँच पटक जित्ने अस्ट्रेलिया मात्र एक पटक सन् २०१० मा फाइनलसम्म पुगेको थियो । अस्ट्रेलिया सन् २०१० को विश्व कपमा फाइनलमा इङ्ग्ल्यान्डसँग पराजित भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।