'ए' डिभिजन लिग फुटबलको मुख्य प्रायाेजक कतार एअरवेज, एक लाख ५० हजार डलर दिने

 मंसिर १, २०७८ बुधबार १४:३१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पर्सि मङ्सिर ३ गतेदेखि सुरु हुन लागेको शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलको मुख्य प्रायोजन कतार एअरवेजले गर्ने भएको छ । प्रायोजनसम्बन्धी सम्झौतामा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एअरवेजका नेपाल प्रमुख मोहम्मद इल इमानले आज हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार कतार एअरवेजले 'ए' डिभिजन लिग सञ्चालनका लागि एन्फालाई एक लाख ५० हजार अमेरिकी डलर प्रदान गर्नेछ । सम्झौतापछि एन्फाका अध्यक्ष शेर्पाले कतार एअरवेजसँग सम्झौता नवीकरण गर्न पाएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिनुभयो । यस्तै कतार एअरवेजका नेपाल प्रमुख इमानले नेपाली फुटबलको विकासका लागि कतारले सधै सकारात्मक सहयोग गर्ने बताउनुभयो ।

लिगमा विभिन्न १४ टोली सहभागी छन् । यसमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, सङ्कटा फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब र हिमालयन शेर्पा फुटबल क्लब छन् । त्यसैगरी सातदोबाटो फुटबल क्लब, मनाङ मर्स्याङ्दी फुटबल क्लब, थ्री स्टार फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेन्ड्स फुटबल क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लब छन् ।

त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस प्रतियोगिताको खेलका लागि साधारणतर्फ टिकट दर एक सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ । 

यस पटक अन्तिम स्थानमा रहने दुई टोली रेलिगेशनमा पर्नेछन् । लिग विजेता टोलीले ७५ लाख र उपविजेताले ५० लाख रुपैयाँ पाउनेछन् ।  

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया