पहिलो टी–२० क्रिकेटमा भारतले न्युजिल्यान्डलाई हरायो

 मंसिर २, २०७८ बिहीबार ६:४१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतले पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्डलाई हराएको छ । ​जयपुरमा गएराति भएको खेलमा भारतले न्युजिल्यान्डलाई ५ विकेटले हराएको हो ।

जितका लागि न्युजिल्यान्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो । भारतका सूर्यकुमार यादवले ६२ रनको अर्धशतकीय पारी खेले । यस्तै कप्तान रोहित शर्माले ४८ रन जोडे । न्युजिल्यान्डका ट्रेन्ट बोल्डले दुई विकेट लिए ।

टिम साउथी, ड्रयाल मिचेल र मिचेल स्टानरले एक/एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । न्युजिल्यान्डका मार्टिन गुप्टिल र मार्क चापम्यानले अर्धशतकीय पारी खेले ।

गुप्टिलले ७० तथा मार्कले ६३ रन जोडे । भारतका भुवनेश्वर कुमार र रविचन्द्र आश्विनले २/२ विकेट लिए । दीपक चाहर र मोहमद सिराजले १/१ विकेट लिए । जितसँगै तीन खेलको श्रृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ । दोस्रो खेल भोलि हुनेछ ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया