इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीले लेस्टर सिटीलाई ३–० ले हरायो

 मंसिर ५, २०७८ आइतबार ६:५३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा रहेको चेल्सीले घरेलु टोली लेस्टर सिटीलाई ३–० ले हराएको छ ।

चेल्सीका एन्टेनियो रुडिगर, एङ्गोलो कान्टे र क्रिस्टियन पुलिसिसले एक/ एक गोल गरे । जितसँगै शीर्षस्थानमा रहेको चेल्सीको १२ खेलबाट २९ अङ्क पुगेको छ ।

लेस्टर १५ अङ्कसहित १२ औं स्थानमा छ । गएराति भएका अरु खेलमा न्युक्यासल र ब्रेन्टफोर्ड तथा बर्नले र क्रिस्टल प्यालेसले ३/३ गोलको बराबरी खेलेका छन् । त्यस्तै एस्टन भिल्लाले ब्राइटनलाई २–० ले हराएको छ । वेस्ट ह्याम उल्भ्ससँग १–० ले पराजित भएको छ ।

नर्विच सिटीले साउथह्याम्टनलाई २–१ ले हराएको छ । लिभरपुलले आर्सनललाई ४–० को फराकिलो अन्तरले हराएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको १२ खेलमा २५ अङ्क छ ।
 

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया