पाँच करोड ठगी गरेर फरार व्यक्तिलाई कम्बोडियाबाट नेपाल ल्याइयो
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - न्युजिल्यान्डसँगको तीन खेलको टी–२० क्रिकेट श्रृङ्खलामा घरेलु टोली भारतले 'क्लिन स्वीप' गरेकाे छ ।
कोलकातामा गएराति भएको खेलमा न्युजिल्यान्ड ७३ रनले पराजित भएको हो । भारतले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १७ ओभर २ बलमा अलआउट हुँदै १ सय ११ रन मात्रै बनाउन सक्यो । न्युजिल्यान्डका लागि मार्टिन गुप्टिलले ५१ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।
यस्तै, न्युजिल्यान्डका लागि टिम सेइफर्टले १७ र लक्की फर्गुसनले १४ रन जोडे पनि अरु खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् । भारतका अक्षर पटेलले ३, हर्सल पटेलले २ तथा दीपक चहार, युजभेन्द्र चहाल र भेन्कातेस ऐरले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन जोडेको थियो ।
भारतका लागि कप्तान रोहित शेर्माले ५६ रनको अर्धशतकीय पारी खेले भने इशान किसनले २९,श्रेयस एयरले २५, दिपक चाहरले २१, भेन्कातेस ऐरले २० रन बनाए । न्युजिल्यान्डका मिचेल स्टाननरले ३ विकेट लिए भने लकी फर्गुनस, एडम मिल्ने, ट्रेन्ट बोल्ट र ईश सोधीले १/१ विकेट लिए।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।