टी–२० विश्व कप एसिया छनोटमा नेपाली महिला टोलीले आज हङकङसँग खेल्दै

 मंसिर ६, २०७८ सोमबार ७:५१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज हङकङसँग खेल्दै छ ।

खेल दुबईको आईसीसी क्रिकेट एकेडेमीमा बिहान सवा ११ बजे हुनेछ ।  नेपाल आज पहिलो खेलमा जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ । तर, हङकङसँग नेपाललाई जित निकाल्न सहज भने हुने छैन । तर, यसपालि विशेष तयारी गरेकाले जित आफ्नो पक्षमा पार्ने नेपालको तयारी छ ।

टी–२० विश्व कप एसिया छनोटमा नेपालले हङकङसहित आयोजक यूएई, भुटान, मलेसिया र कुवेतसँग खेल्ने छ । राउण्ड रोबिन प्रणालीमा हुने प्रतियोगिताको विजेताले विश्व कपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । नेपालले दोस्रो खेलमा भोलि भुटानसँग खेल्ने छ भने बिहीवार कुवेतसँग, शुक्रवार मलेसियासँग र आइतवार  यूएईसँग खेल्ने छ । 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया