पाँच करोड ठगी गरेर फरार व्यक्तिलाई कम्बोडियाबाट नेपाल ल्याइयो
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – बङ्गलादेशसँगको टी–२० क्रिकेट शृङ्खला पाकिस्तानले 'क्लिन स्वीप' गरेको छ । ढाकामा आज साेमवार भएको तेस्रो तथा अन्तिम खेल पाँच विकेटले जितेसँगै पाकिस्तानले तीन–शून्यले शृङ्खला जितेको हो ।
आज बङ्गलादेशले दिएको एक सय २५ रनको लक्ष्य पाकिस्तानले पाँच विकेट गुमाएर अन्तिम बलमा भेटायो । अन्तिम ओभरमा पाकिस्तानलाई आठ रन चाहिएकोमा बङ्गलादेशका कप्तान मोहमदुल्लाहले लगातार दुई विकेट लिएपछि पाकिस्तान समस्यामा परेको थियो । अन्तिम बलमा दुई रन आवश्यक रहेकोमा मोहम्मद नवाजले चौका प्रहार गरेर टिमलाई जिताए ।
पाकिस्तानका लागि हैदर अलीले ४५ र मोहम्मद रिजवानले ४० रन बनाए । बलिङतर्फ बङ्गलादेशका कप्तान माेहमदुल्लाहले तीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशले मोहम्मद नइमको ४७ रनकाे मद्दतमा एक सय २४ रन बनाएको थियो । बलिङतर्फ पाकिस्तानका माेहम्मद वासिम र उसमान कदिरले दुई–दुई विकेट लिए ।
यी दुई देशबीच आउँदो शुक्रवारदेखि दुई खेलको टेस्ट शृङ्खला पनि हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।