नेपाली महिला टिम टी–२० विश्व कपको ग्लोबल छनाेटमा पुग्न असफल

 मंसिर १२, २०७८ आइतबार १४:५४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल महिला टी–२० विश्व कप ग्लोबल छनाेटमा पुग्न असफल भएको छ । एसिया छनाेट अन्तर्गत आज आइतवार भएको खेलमा यूएईसँग पराजित भएपछि नेपाल ग्लोबल छनाेटमा पुग्न असफल भएको हो ।

ग्लोबल छनाेटमा पुग्न नेपालले आज यूएईलाई फराकिलो अन्तरले हराउनुपर्नेमा उल्टै हार बेहाेर्‍याे । यूएईले दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ४ ओभरमा अलआउट हुँदै ७९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि इन्दु बर्माले १५ र सीता रानामगरले १३ रन बनाइन् । अरूले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ यूएईका लागि समाइरा धरनिधरकाले चार विकेट लिइन् भने खुशी शर्मा र चमानी सेनेविरत्नाले समान दुई/दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा पाँच विकेट गुमाएर एक सय २७ रन बनाएको थियो । यूएईका लागि चमानी सेनेविरत्नाले ५२ र तीर्था सतिसले ४७ रन बनाइन् । बलिङतर्फ नेपालकी कविता कुँवरले दुई विकेट लिइन् भने सबनम राई,  सीता राना मगर र संगीता राईले एक/एक विकेट लिए । 

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया