'ए' डिभिजन लिग : ब्रिगेड ब्वाइज र एनआरटी तथा मच्छिन्द्र र आर्मी खेल्दै

 मंसिर १३, २०७८ सोमबार ७:१४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज दोस्रो चरण अन्तर्गतको अन्तिम दुई खेल हुनेछन् ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम (एनआरटी) खेल्दैछन् । खेल दिउँसो १ बजे हुने छ । 

पहिलाे खेलमा विभागीय टिम एपीएफलाई ३-२ गोल अन्तरले हराएकाे बिग्रेड आज लगातार दाेस्राे जितकाे खाेजीमा हुनेछ भने एनआरटी पहिलाे जितकाे खाेजीमा हुनेछ । एनआरटी यसअघि भएकाे पहिलाे खेलमा साविक विजेता मच्छिन्द्र क्लबसँग २-१ गोल अन्तरले पराजित भएको थियो । 

बिग्रेड ३ अङ्कसहित तालिकाकाे पाँचौँ स्थानमा छ भने अङ्कविहीन एनआरटी १२ औँ स्थानमा छ । 

यस्तै, दोस्रो खेलमा बेलुका पौने ५ बजे साविक विजेता मच्छिन्द्र क्लब र उपविजेता त्रिभुवन आर्मी क्लब खेल्ने छन् ।

पहिलाे खेलमा एनआरटीलाई २-१ गाेल अन्तरले हराएकाे मच्छिन्द्र आज लगातार दोस्रो जितको खोजीमा हुनेछ भने आर्मी पहिलो जितको खोजीमा हुनेछ । आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेकाे थियाे । 

मच्छिन्द्र तीन अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा छ भने  त्रिभुवन आर्मी १ अङ्कसहित आठौँ स्थानमा छ । 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया