प्रिमियर लिगमा फुलहमले ब्रेटफोर्डलाई हरायो
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड लियोनल मेस्सीले बालोन 'डी' ओर अवार्ड जितेका छन् ।
अर्जेन्टिनाका लियोनल मेस्सीले सन् २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन 'डी' ओर अवार्ड जितेका हुन् । फ्रेन्च फुटबलले गएराति विशेष समारोहकाबीच मेस्सीलाई बालोन 'डी' ओर अवार्ड प्रदान गरेको छ । मेस्सीले रोबर्ट लेवान्डोस्की र जोर्गिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन् ।
योसँगै मेस्सीले कीर्तिमानी सातौँ पटक बालोन 'डी' ओर अवार्ड प्राप्त गरेका छन् । यसअघि मेस्सीले सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यो अवार्ड जितेका थिए । मेस्सी बालोन डी ओर जित्ने पीएसजीका पहिलो खेलाडी समेत बनेका छन् ।
म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डो छैटौँ स्थानमा रहे ।
मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए । फ्रेन्च फुटबलले खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरुको भोटको आधारमा विजेता घोषणा गरेको हो ।
महिलातर्फको बालोन 'डी' ओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।
यस्तै जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले 'स्ट्राइकर अफ दि इयर' प्राप्त गरेका छन् । क्लब अफ दि इयरको अवार्ड चेल्सीले जितेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।