प्रिमियर लिगमा फुलहमले ब्रेटफोर्डलाई हरायो
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – श्रीलङ्काले वेस्ट इन्डिजसँगको दुई खेलको टेस्ट शृङ्खला दुई–शून्यले जितेको छ । दोस्रो तथा अन्तिम टेस्टमा वेस्ट इन्डिजलाई एक सय ६४ रन हराएसँगै श्रीलङ्काले शृङ्खला आफ्नो पक्षमा पारेको हो ।
जितका लागि दुई सय ९७ रनको लक्ष्य पाएको पाहुना टोली एक सय ३२ रनमै अलआउट भयो । वेस्ट इन्डिजका लागि नक्रुमाह बोनरले ४४ र जेरमेन ब्ल्याकवुडले ३६ रन बनाए । बलिङतर्फ श्रीलङ्काका लसिथ इमबुलदेनिया र रमेश मेन्डिजले पाँच–पाँच विकेट लिए ।
यसअघि श्रीलङ्काले पथुम निसान्काको ७३ र दिमुथ करुनारत्नेको ४२ रनको मदतमा पहिलो पारीमा दुई सय चार रन बनाएको थियो । बलिङतर्फ वेस्ट इन्डिजका भीरासामी पेरमाउलले पाँच र जोमिल वीराकनले चार विकेट लिएका थिए । वेस्ट इन्डिजले भने क्रिग ब्राथवेटको ७२ र जेरमेन ब्ल्याकवुडको ४४ रनको मदतमा पहिलो पारीमा दुई सय ५३ रन बनाएको थियो । बलिङतर्फ श्रीलङ्काका रमेश मेन्डिजले ६ विकेट लिएका थिए ।
श्रीलङ्काले दोस्रो पारीमा तीन सय ४५ रनमा नौ विकेट गुमाउँदै पारी सकिएको घोषणा गरेको थियो । उसका धनन्जय डी सिल्भाले नटआउट एक सय ५५ रन बनाएका थिए । बलिङतर्फ वेस्ट इन्डिजका भीरासामी परमाउलले तीन विकेट लिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।