पाँच करोड ठगी गरेर फरार व्यक्तिलाई कम्बोडियाबाट नेपाल ल्याइयो
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नवप्रवेशी सातदाेबाटाे युथ क्लबले विभागीय टाेली एपीएफलाई हराएकाे छ । आज शुक्रवार भएकाे दाेस्राे खेलमा सातदाेबाटाेले एपीएफलाई चार–एक गाेल अन्तरले हराएकाे हाे ।
सातदाेबाटाेकाे जितमा मार्टीन्स कायाेदी अजयीले ह्याट्रिक गरे । मार्टिन्सले खेलकाे ४२ औँ, पहिलाे हाफकाे इन्ज्युरी समयकाे अन्तिम मिनेटमा र ५८ औँ मिनेटमा गाेल गर्दै ह्याट्रिक पूरा गरे । त्यस्तै सुशील राईले खेलकाे ५० औँ मिनेटमा गाेल गरे । यसैबीच मार्टिन्स याे संस्करणकाे लिगमा ह्याट्रिक गर्ने पहिलाे खेलाडी बनेका छन् ।
एपीएफका लागि खेलकाे ४८ औँ मिनेटमा विकी तामाङले सान्त्वना गाेल गरे ।
याे जितसँगै सातदाेबाटाे तीन खेलमा सात अङ्कसहित अङ्क तालिकाकाे शीर्षस्थानमा उक्लिँदा एपीएफ भने अङ्कविहीन हुँदै पुछारमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।