सर्लाहीमा कार पोखरीमा डुब्दा दुई जना बेपत्ता : खोजी चल्दै
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आजको पहिलो खेलमा संकटा क्लब मनाङ मर्स्याङ्दी क्लबले २–२ गोलको बराबरी खेलेका छन् ।
हारतर्फ गएको मनाङको लागि इन्जुरी समयको अन्तिम मिनेटमा फ्रान्कलिन क्वेटाले गोल गरेपछि खेल रोमाञ्चक बराबरीमा सकियो । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा पहिलो हाफको ३१ औं मिनेटमा निरज बस्नेतले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए तर ३५ औं मिनेटमा मनाङका दयानन्द सिंहले बराबरी गोल फर्काए ।
दोस्रो हाफमा उत्तम राईले गोल गरेर संकटालाई जिततर्फ लगेका थिए तर थपिएको समयको अन्तिम मिनेटमा फ्रान्कलिनले गोल गरेर खेल बराबरीमा ल्याए । बराबरीपछि मनाङ सात अंकसहित दोस्रो स्थानमा यथावत छ । मनाङ र सातदोबाटोको समान ७/७ अंक रहे पनि गोल अन्तरका आधारमा सातदोबाटो शीर्ष स्थानमा छ । संकटा भने पाँच अंकसहित तेस्रो स्थानमा पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।