आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
काभ्रे – काभ्रेको पाँचखाल नगरपालिका–१२, कासकोटको तीनघरे छेउमा सहकारीको तीजको दर खाँदा बिरामी हुनेको संख्या ३७९ पुगेको छ ।
बिरामीमध्ये १३५ जना अझै अस्पतालमा उपचाररत छन् भने बाँकीको डिस्चार्ज भएको जिल्ला प्रहरी प्रमुख रविराज खड्काले जानकारी दिनुभयो ।
अहिलेपनि धुलिखेल अस्पतालमा २१ जना, शिर मेमोरियल अस्पतालमा ५१ जना, प्राथमिक स्वास्थ्य केन्द्र पाँचखालमा ४४ जना, पाँचखाल सुदिप मेडिकलमा १६ जना र बनेपा हस्पिटलमा ३ जनाको उपचार भइरहेको प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो ।
सहकारीकाे दर खाएर बिरामी हुनेमा प्रदेश नं ३ का सांसद गोमा भुर्तेल पनि हुनुहुन्छ । उहाँ कार्यक्रमको प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको थियो । उहाँको पनि उपचार भैरहेको प्रहरीले जनाएको छ ।
ग्रामीण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएकाहरु बिरामी परेका हुन् ।
काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।
प्रकास
Sept. 8, 2018, 6:37 p.m.तिज पर्वलाइ संस्थागत नै भड्किलो बनाउदाको परिणाम हो यो । जे भयो त्यो ठिक चाहिँ होइन ।