वेष्ट इन्डिजसँगको टी–२० श्रृङ्खलामा पाकिस्तानको 'क्लिन स्वीप'

 पुष २, २०७८ शुक्रबार ६:४२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वेस्ट इन्डिजसँगको टी–२० श्रृङ्खलामा घरेलु टोली पाकिस्तानले क्लिन स्वीप गरेको छ । कराचीमा गएराति भएको तेस्रो तथा अन्तिम खेलमा पाकिस्तान ७ विकेटले विजयी भएकाे हाे ।

वेस्ट इन्डिजले दिएको २ सय ८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । पाकिस्तानका लागि मोहमद रिजवानले ८७ रन र कप्तान बाबर आजमले ७९ रनको अर्धशतकीय पारी खेले। वेस्ट इन्डिजका ओडिन स्मिथ, रोमारियो र डोमिनिक ड्राकेसले १/ १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो । वेस्ट इन्डिजका कप्तान निकोलस पुरनले ६४ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका मोहमद वासिमले २ तथा शाहनवाज दहानीले १ विकेट लिए । पहिलो खेलमा पाकिस्तान ६३ र दोस्रो खेलमा ९ रनले विजयी भएको थियो ।

यसैबीच पाकिस्तान र वेस्ट इन्डिजबीचको एक दिवसीय क्रिकेट श्रृङ्खला भने स्थगित भएको छ । पाकिस्तान भ्रमणमा रहेको वेस्ट इन्डिजका खेलाडीमा कोरोना सङ्क्रमण भएपछि एक दिवसीय श्रृङ्खला स्थगित गरिएको हो ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया