प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश १ समूह विजेता बन्दै सेमिफाइनलमा

 पुष ६, २०७८ मंगलबार १५:२४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रदेश नम्बर १ 'प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता' को समूह विजेताको रूपमा सेमिफाइनलमा पुगेको छ ।

धनगढीको फाप्ला मैदानमा आज मङ्गलवार भएको खेलमा लुम्बिनी प्रदेशलाई ६७ रनले हराउँदै प्रदेश १ समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

प्रदेश एकले दिएको एक सय १५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले नौ विकेट गुमाएर ४७ रन मात्रै बनाउन सक्यो । उसका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ प्रदेश एककी रुबिना क्षेत्रीले तीन र अलिसा खडियाले दुई विकेट लिए ।

आज पराजित भएको लुम्बिनी पनि समूह 'ए' बाट सेमिफाइनलमा पुगेको छ । अहिले समूह 'ए' कै वाग्मती र कर्णाली प्रदेश खेलिरहेका छन् । दुवै टोली बाहिरिसकेका छन् । 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया