स्पेनिस ला लिगामा बार्सिलोना र सेभियाको बराबरी, भिल्लारियलले एलाभेसलाई हरायो

 पुष ७, २०७८ बुधबार ७:५६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्पेनिस ला लिगामा बार्सिलोना र सेभियाले बराबरी खेलेका छन् । आज बिहान भएको खेलमा बार्सिलोना र सेभियाले एक/एक गोलको बराबरी खेलेका हुन् ।

पहिलो हाफको ३२ औँ मिनेटमा सेभियाका पपु गोमेजले गोल गरी सेभियालाई अग्रता दिलाएका थिए तर खेलको ४५ औँ मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजोले बराबरी गोल फर्काए । खेलको दोस्रो हाफमा सेभिया १० खेलाडीमा सीमित भए पनि बार्सिलोनाले थप गोल गर्न सकेन । खेलको ६४ औं मिनेटमा जुलेसले रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा समेटिएको थियो ।

लिगमा १८ खेलमा ३८ अंकका साथ सेभिया दोस्रो स्थानमा छ । समान खेलमा २८ अंक रहेको बार्सिलोना सातौँ स्थानमा छ । लिगमा ४३ अंक रहेको रियल मड्रिड शीर्ष स्थानमा छ । अर्को खेलमा भिल्लारियलले एलाभेसलाई ५–२ ले हराएको छ ।
 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया