मार्नस लाबुशेन बने टेस्टमा नम्बर १, रुट र कोहली एक–एक स्थान तल झरे

 पुष ७, २०७८ बुधबार १८:५३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज बुधवार टेस्ट र टी–२० क्रिकेटको नयाँ वरीयता सार्वजनिक गरेको छ । अस्ट्रेलियाका मार्नस लाबुशेनले ब्याटिङको टेस्ट वरीयतामा जो रुटलाई पछि पार्दै एक नम्बरमा पुगेका छन् ।

इङ्ग्ल्यान्डका कप्तान जो रुट अब दोस्रो स्थानमा पुगेका छन् । त्यस्तै भारतका कप्तान एक स्थान तल झर्दै सातौँ स्थानमा पुगेका छन् । त्यस्तै तेस्रो स्थानमा अस्ट्रेलियाका स्टिभ स्मिथ, चौथो स्थानमा न्युजिल्यान्डका केन विलियमसन र पाँचौँ नम्बरमा भारतका रोहित शर्मा छन् । 

त्यस्तै टेस्ट बलिङ वरीयतामा एक नम्बरमा अस्ट्रेलियाका प्याट कमिन्स, दोस्रोमा भारतका रविचन्द्रन अश्विन र तेस्रोमा पाकिस्तानका शाहीन अफ्रिदी यथावत् छन् । त्यस्तै एक स्थानमाथि उक्लिएका न्युजिल्यान्डका टिम साउथी चौथो र एक स्थान तल झरेका अस्ट्रेलियाका जोश हेजलवुड पाँचौँ स्थानमा छन् । 

यस्तै अलराउन्डरतर्फ एक नम्बरमा वेस्ट इन्डिजका जेसन होल्डर, दोस्रोमा भारतका अश्विन, तेस्रोमा भारतकै रविन्द्र जडेजा, चौथोमा बङ्गलादेशका शाकिब अल हसन र पाँचौँ नम्बरमा इङ्ग्ल्यान्डका बेन स्टोक्स यथावत् छन् । 

यस्तै पुरुषतर्फको टी–२० वरीयतामा पाकिस्तानका बाबर आजम दुई स्थान सुधार गर्दै पहिलो नम्बरमा आइपुगेका छन् । त्यस्तै दोस्रोमा इङ्ग्ल्यान्डका डेविड मलान, तेस्रोमा पाकिस्तानकै मोहम्मद रिजवान, चौथोमा दक्षिण अफ्रिकाका एडन मरकरम र पाँचौँ नम्बरमा भारतका केएल राहुल छन् ।   
 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया