प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै प्रदेश-१ फाइनलमा

 पुष १०, २०७८ शनिबार १२:५५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश-१ फाइनलमा पुगेको छ । आज भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराउँदै प्रदेश-१ फाइनलमा पुगेको हो । 

धनगढीको फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सात विकेट गुमाउँदै ८५ रन बनायो । 

सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २७ रन तथा कप्तान रितु कनोजियाले २५ रन जोडिन् । 

अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । प्रदेश-१ का ज्योती दनुवार, अलिशा खडिया, रुविना क्षेत्री र संगिता राईले एक/एक विकेट लिए । 

८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको प्रदेश-१ ले १६ ओभर पाँच बलमा एक विकेट गुमाउँदै लक्ष्य भेट्टायो । 

प्रदेश-१ को जितमा कप्तान रुविना क्षेत्रीले ३१, काजल श्रेष्ठले २८ र अप्सरी बेगमले आठ रन जोडिन् । प्रदेश-१ ले उपाधिका लागि एपीएफ र लुम्बिनी प्रदेशबिचको विजेतासँग खेल्नेछ ।  
 

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया