सर्लाहीमा निषेधाज्ञा लम्बियाे

 पुस १५, २०७८ बिहिबार २०:२६:४६ | रामबाबु खड्का
unn.prixa.net

फाइल फाेटाे

सर्लाही – सर्लाहीकाे ईश्वरपुर नगरपालिका अन्तर्गत बयलवास बजार क्षेत्रमा लगाइएकाे निषेधाज्ञा थप गरिएकाे छ । प्रहरीको जीपको ठक्करबाट एक जनाको ज्यान गएको विषयमा तनाव बढेपछि थप एक दिनका लागि निषेधाज्ञा लागू गरिएको हो ।

गएको आइतवार राति गस्तीमा हिँडेको प्रहरीको जीपको ठक्करबाट स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएपछि बजार क्षेत्र तनावपूर्ण बनेको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज बिहीवार बेलुकी साढे ७ बजेदेखि लागू हुने गरी भाेलि शुक्रवार ७ बजेसम्मका लागि निषेधाज्ञा थप गरेकाे हाे । यसअघि थप गरिएकाे निषेधाज्ञा आज ७ बजेसम्मका लागि थियाे । 

पीडित पक्षसँग मृतकलाई १० लाख रुपैयाँ दिने गरी ६ बुँदे सहमति भए पनि पीडित पक्षले शव बुझ्न आनाकानी गरेकाले शान्ति, सुरक्षा कायम राख्न निषेधाज्ञा लम्ब्याइएकाे सर्लाहीका प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले जानकारी दिनुभयो । 

याे घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रदेश २ प्रहरी कार्यालय दङ्गा नियन्त्रण गणका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको बताइएको छ ।

समितिमा प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया प्रहरी नायब उपरीक्षक  सन्तुलालप्रसाद जैसवार, प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक गोविन्दलाल कर्ण, प्रहरी नायब निरीक्षक प्रेमकुमार साह र सङ्घीय प्रहरी इकाइ कार्यालय धनुषाका प्रहरी हवलदार प्रमोदकुमार साह सदस्य रहनुभएक‍ो छ । समितिले स्थलगत विवरण एक हप्ताभित्र सार्वजनिक गर्ने जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया