सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने

 भदौ २५, २०७५ सोमबार २१:३४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - अक्टोबरमा यूएईमा आयोजना हुने अफगानिस्तान प्रिमियर लिग (एपीएल)मा नेपालका सन्दीप लामिछाने खेल्ने भएका छन् । 

दुबईमा आज भएको अक्सनमा सन्दीपलाई नान्गहार क्लबले लिएको हो । आईपीएलमा दिल्लीबाट खेलेका सन्दीप पछिल्लो समय सीपीएल पनि खेलेका थिए । एपीएलमा नेपालबाट सन्दीपसहित कप्तान पारस खड्का र सोमपाल कामी पनि ड्राफ्टमा रहेका थिए । सन्दीपलाई एशोसिएट राष्ट्रबाट अनुबन्ध गरिएको अफगानिस्तान क्रिकेट बोर्डले जनाएको छ । 

जसमा सबै खेलाडीलाई विभिन्न ६ वटा क्याटेगोरीमा राखिएको छ । आयोजकले क्याटेगोरीको नाम आइकन, डाइमन्ड, गोल्ड, सिल्भर, आईसीसी एसोसियट र इमर्जिङ भनेर राखेको छ।

प्रतियोगितामा विभिन्न ५ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । प्रतियोगिता अक्टोबर ५ देखि २१ तारिखसम्म यूएईको सारजाह क्रिकेट मैदानमा हुनेछ ।


 

अन्तिम अपडेट: कात्तिक २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Sandesh kushwaha

    Sept. 11, 2018, 10 a.m.

    बधाई छ हाम्रो देशको नाज सन्दीपजी लाई /

  •  0 Reply
  • Dil Bist

    Sept. 11, 2018, 8:25 a.m.

    Lu congratulations Sandip bro

  •  0 Reply

तपाईको प्रतिक्रिया