इंग्ल्याण्डसँग हार्‍याे भारत

 भदौ २७, २०७५ बुधबार ८:३७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतविरुद्धको पाँचौ टेस्ट पनि १ सय १८ रनले जित्दै इंग्ल्याण्डले ४–१ ले सिरिज आफ्नो पक्षमा पारेको छ ।

पाँचौ टेस्टको अन्तिम खेल अगाडि नै सिरीज कब्जा गरेको इंग्ल्याण्डले  अन्तिम टेस्ट पनि आफ्नो नाममा पार्न सफल भयो । ४ सय ६४ रनको विशाल लक्ष्य पछ्याएको भारतका लागि लोकेश राहुल र ऋषभ पन्तले संघर्ष  गरे पनि उनीहरु आउट भएलगत्तै भारतको ब्याटिङ अर्डर ध्वस्त भएको थियो । 

ओपनर आएका लोकशले १४९ तथा ऋषभले ११४ रन बनाउँदै भारतलाई कम्तिमा बराबरी गराउने अपेक्षा गरिएको थियो । तर इंग्ल्याण्डका अदिल रसिदले राहुल र पन्तलाई आउट गरेपछि भारतको पारी कमजोर भएको थियो । यसैगरी भारतका अजिंका रहेणेले ३७ तथा रविन्द्र जडेजाले १३ रन जोड्नु बाहेक अरुले दोहोरो अंकको रन बनाउनै सकेनन् ।

कप्तान विराट कोहली, हनुमान विहारी, चेतेश्वर पुजारा, मोहम्मद सामी सून्य रनमा आउट हुँदा शिखर धवनले १ रन जोडे भने इशान्त शर्माले पाँच रन बनाएका थिए । इंग्ल्याण्डका जेम्स एन्डरसनले ३ तथा अदिल रसिद र साम कुरानले दुई दुई विकेट लिए ।

पाँचौ टेस्टमा इंग्ल्याण्डले टस जिति पहिला ब्याटिङ गर्दै ३३२ रन बनाएको थियो । भारतले पहिलो पारीमा २९२ रन बनाए पछि ४० रनले पछि परेको भारतलाई इंग्ल्याण्डले दोस्रो पारीमा ४२३ रन बनाएर इनिङ समाप्त भएको घोषणा गरेको थियो ।

त्यसपछि ४६४ रन पछ्याउन मैदान आएको भारत कुनै पनि बेला इंग्ल्याण्डमाथि हावी हुन सकेन । यो टेस्टसँगै  इंग्ल्याण्डका एलेस्टर कुकले अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि सन्यास लिएका छन् । उनले अन्तिम टेस्टमा पनि शतक बनाएर कीर्तिमान समेत राख्न सफल भएका छन् । 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया