आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
ललितपुर - अतुल स्मृति प्रतिष्ठान, ललितपुरले बालदिवसको अवसरमा सामुदायिक विद्यालय नमुना मच्छिन्द्र मा. वि. का विद्यार्थी आकाश नेपालीलाई १० हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गरेको छ ।
नेपालीलार्इ विद्यालयभरीका सबै विद्यार्थीहरुमध्ये सर्वोच्च अङ्क प्राप्त गरेकाले पुरस्कार प्रदान गरिएकाे हाे ।
नेपालीलाई पुरस्कार प्रदान गर्दै प्रतिष्ठानका अध्यक्ष तथा अतुलका पिता विनोद ढुङ्गाानाले रक्तक्यान्सरको कारणबाट १५ वर्षको अल्पायुमै जीवन गुमाएका अतुल ढुङ्गानाको शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिब समुदायमा गएर काम गर्ने इच्छा रहेको बताउनुभयो ।
शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा प्रतिष्ठानका तर्फबाट विद्यालयका लगभग ६०० विद्यार्थीहरुलाई कपी र कलम पनि वितरण गरिएको थियो ।
कार्यक्रममा अतुल स्मृति प्रतिष्ठानका सल्लाहकार एवम् नमुना मच्छिन्द्र क्याम्पसका क्याम्पस प्रमुख डा. दीनबन्धु शर्माले प्रतिष्ठानका कार्यक्षेत्र र उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
यसअघि प्रतिष्ठानले स्वास्थ्य शिविर एवम् रक्तदान शिविरहरुको सञ्चालन, पाल्पाको ‘ख्याहा’ मा रहेको शारदा मा. वि. मा अतुल स्मृति पुस्तकालयको स्थापना, विद्यार्थीहरुलाई स्वेटर वितरण, छात्रवृत्ति, स्वास्थ्यसम्बन्धी जनचेतना प्रसार आदि कार्य गरिसकेको छ ।
[email protected]
Sept. 15, 2018, 8:38 a.m.GREAT JOB