सर्लाहीकाे काैडेना गाउँपालिकामा अख्तियारकाे छापा

 चैत १५, २०७८ मंगलबार २०:६:९ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले सर्लाहीको कौडेना गाउँपालिकामा छापा मारेको छ ।

कोरोना सङ्क्रमितलाई राहत बाँड्नका लागि सङ्घीय सरकारले पठाएको बजेट हिनामिना भएको उजुरी परेपछि अख्तियारको टोलीले आज मङ्गलवार गाउँपालिकाको कार्यालयमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएको हो ।

सङ्घीय सरकारले सात सय ४२ कोरोना सङ्क्रमितका परिवारलाई बाँड्न पठाएको ७४ लाख २० हजारमध्ये गाउँपालिकाले १२ लाख रुपैयाँ अन्य शीर्षकमा खर्च गरेको उजुरी परेपछि अख्तियारले छापा मारेको बताएको छ । कोरोना महामारीको समयमा पालिकाले खाद्यान्नसहितको राहत वितरण गर्दा नक्कली बिल बनाएको भेटिएपछि छापा मारिएको अख्तियारले दाबी गरेको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया