क्रेनले ठक्कर दिँदा सर्लाहीमा विद्यालय हिँडेकी छात्राकाे ज्यान गयाे

 चैत १७, २०७८ बिहिबार १५:७:० | रामबाबु खड्का
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सर्लाही – सर्लाहीको बाग्मती नगरपालिका ७ राजघाटमा क्रेनको ठक्करबाट विद्यालय हिँडेकी छात्राको ज्यान गएको छ । नव जनजागरण मावि कक्षा ११ मा अध्ययनरत १७ वर्षीया छात्रा सुमित्रा परियारलाई विपरीत दिशाबाट आइरहेको क्रेनले ठक्कर दिँदा घटनास्थलमानै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । 

साइकल चढेर विद्यालय जाँदै गरेकी छात्रालाई बिजुलीको पोल गाड्ने क्रेनले आज बिहीवार दिउँसो ठक्कर दिएको हो । ठक्कर दिने क्रेनलाई स्थानीयवासीले नियन्त्रणमा लिएर  जलाइदिएका छन् ।

घटनापछि क्रेनका चालकसहित तीन जनालाई नियन्त्रणमा लिइएकाे इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । मृतकको शव अहिले पनि घटनास्थलमा नै रहेको बताइएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया