धमाधम गाडी फिर्ता गर्दै सर्लाहीका जनप्रतिनिधि

 बैशाख ५, २०७९ सोमबार १३:४९:४५ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीका जनप्रतिनिधिले सुविधाबापतकाे गाडी धमाधम पालिकालाई फिर्ता गर्न थालेका छन् ।

आज साेमवार बरहथवा नगरपालिकाका मेयर देवान्नद महतोसहित वडाध्यक्षहरूले पालिकाबाट सुविधाका लागि लिएका गाडी प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापालाई हस्तान्तरण गरेका छन् ।

मेयर महतोले प्रयोग गर्दै आउनुभएको बा २ झ ४४३५ नम्बरको जीप र वडाध्यक्षहरूले प्रयोग गर्दै आएका आठ वटा मोटरसाइकलको साँचो नगरपालिकालाई बुझाएका हुन् । मेयर महतोले गाडी बुझाउन बाँकी रहेका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूलाई पनि चाँडै नगरपालिकामा आएर बुझाउन आग्रह गर्नुभयो ।

कबिलासी नगरपालिकाका मेयर कौशल किशोर यादवले पनि आफूले प्रयोग गर्दै आउनुभएको गाडी हिजाे आइतवार नगरपालिकालाई फिर्ता गर्नुभएको थियाे । त्यस्तै हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले पनि नगरपालिकाले सुविधाका लागि उपलब्ध गराएको गाडी फिर्ता गर्नुभएको छ । उहाँले गाडीको साँचो प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानलाई हस्तान्तरण गर्नुभएको हो ।

निर्वाचन आचारसंहिता लागू भइरहेकाले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेको उहाँको भनाइ छ ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया