बढ्याे राजश्व : साउन र भदौमा मात्रै एक सय २० अर्ब संकलन

 असोज २, २०७५ मंगलबार १३:५७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले साउन र भदौं महिनामा मात्रै एक सय २० अरव राजस्व संकलन गर्न सफल भएको छ ।

सरकारले गएको वर्षको तुलनामा साउन र असार महिनामा मात्रै ३७ प्रतिशत बढी १ सय २० अर्ब राजस्व संकलन गर्न सफल भएको हो । मंगलबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दुई महिनामा गएको वर्षको भन्दा ३७ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको जानकारी दिनु भएको हो ।

उहाँले राजस्व संकलनका लागि सरकारले करको दायरा बढाउने नीति लिएको पनि स्पष्ट पार्नुभयो । करको दायरा बढाउने र करमैंत्री कार्यालयको स्थापना गरेर राजस्व संकलनको कामलाई सहज बनाउने काम सरकारले गरिरहेको अर्थमन्त्री खतिवडाको दाबी छ । सरकारले कर असुलीलाई सहज बनाउन ११ वटा थप कर कार्यालय नै स्थापना गरेको छ ।

अर्थमन्त्री खतिवडाले स्थानीय तहमा देखिएको करसम्बन्धी समस्या समाधान हुँदै गएको दाबी पनि गर्नुभयो । उहाँले घरजग्गामा लगाइएको कर घटाउन लागिएको पनि जानकारी दिनुभयो । ‘केही नेपाल ऐन’ संशोधन गरेर घरजग्गामा लगाइएको करको दर घटाउने अर्थमन्त्री खतिवडाले बताउनुभएको छ । अर्थमन्त्री खतिवडाले कानुन विपरित कर नलिन आवश्यक व्यवस्था गरिएको पनि स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री खतिवडाले अमेरिकी डलरको तुलनामा अन्य देशको मुद्राको अबमुल्यन भए पनि नेपाललाई त्यसले तत्काल असर नपार्ने दाबी गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया