दैलेखमा नमुना मतदान

 बैशाख २२, २०७९ बिहिबार २०:१०:२ | अमर सुनार
unn.prixa.net

दैलेख – वैशाख ३० गते हुने पालिका चुनावलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालय दैलेखले नमुना मतदान गराएको छ । बदर मत रोक्न नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले बताउनुभयो ।

मतदान केन्द्र तोकिएको त्रिवेणी सङ्गम मावि चुप्राको प्राङ्गणमा नमुना मतदानको व्यवस्था मिलाइएको थियो । इच्छुक स्थानीयवासीलाई पालैपालो महिला र पुरुषको छुट्टाछुट्टै घेरामा लामबद्ध भएको नमूना मतदान स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी तैनाथ थिए ।

नागरिकले आफ्नो मतको सदुपयोग गर्न जानुन् भनेर नमुना मतदान गराइएको निर्वाचन अधिकारी काउचाले बताउनुभयो । नमुना मतदानमा ४८ जना सहभागी भएकामा चार वटा मतपत्र बदर भएकाे उहाँले जानकारी दिनुभयाे । 

मतदातालाई मतदानअघि कस्ताे अवस्थामा मत बदर हुन्छ भनेर पनि जानकारी गराइएकाे थियाे ।  मतपत्र लिइसकेपछि तल–माथि, वर–पर फरक फरक चिह्नमा छाप लगाउन खोज्दा अलमल परेको ५९ वर्षीया खगिसरा थापाले गुनासाे गर्नुभया । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया