कैद मिनाहा माफीमा विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने

 वैशाख २०, २०८१ बिहीबार १८:२२:९ | रासस
unn.prixa.net

बाँके – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्ता कारागारको आज उद्घाटन गर्दै गृहमन्त्री लामिछानेले कैदीबन्दीले माफी मिनाहा पाउने कुरा उनीहरूको अधिकारको विषय भएको उल्लेख गर्नुभयो । कारागारमा कैदी जीवन बिताएका कैदीबन्दीलाई समाजमा पुनस्र्थापना गर्न आवश्यक भएकोमा जोड दिँदै उहाँले कारागारलाई यातना गृहका रूपमा नभई सुधार गृहका रूपमा रूपान्तरण गराउन जरुरी भएको औँल्याउनुभयो ।

अपराधीले अपराध गरेको भन्दा थप सजाय दिइएमा त्यो अर्काे अपराध हुने भन्दै गृहमन्त्री लामिछानेले कारागारलाई सुधार गृहका रूपमा रूपान्तरण गर्न मन्त्रालाय लागिपरेको बताउनुभयो । उहाँले कारागारमा अत्यधिक बल प्रयोग गर्ने गतिविधि नगर्न, अमानवीय गतिविधि नगर्न र आपराधिक क्रियाकलाप नहोस् भन्नेमा सरकार सचेत रहेको उल्लेख गर्नुभयो ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया