विकासोन्मुख एशिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाकाे सङ्ख्या सन् २०५० सम्ममा झन्डै दोब्बर पुग्ने अनुमान

 बैशाख २०, २०८१ बिहिबार १८:२८:२० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

एशियाली विकास बैंक (एडीबी) ले विकासोन्मुख एशिया र प्रशान्त क्षेत्रमा ६० वर्ष वा त्योभन्दा माथिका मानिसको सङ्ख्या सन् २०५० सम्ममा झन्डै दोब्बर पुग्ने अनुमान गरेको छ ।

एडीबीले आज सार्वजनिक गरेको प्रतिवेदनमा विकासोन्मुख एशिया र प्रशान्त क्षेत्रमा ६० वर्ष वा त्योभन्दा माथिका मानिसको सङ्ख्या आउँदो सन् २०५० सम्ममा झन्डै दोब्बर अर्थात् एक अर्ब दुई करोड पुग्ने अनुमान छ । तर बुढ्यौली जनसङ्ख्याको चुनौतीका लागि आवश्यक तयारी थालनी नभएको प्रतिवेदनमा उल्लेख छ । आउँदा दिनमा वृद्धवृद्धाको स्वास्थ्य सेवा र हितलाई सघाउन व्यापक नीतिगत सुधारका लागि तत्कालै लाग्न पनि एडीबीले सुझाएको छ ।

‘एशिया र प्रशान्तको तीव्र विकास एक सफलताको कथा हो तर यसले ठूलो जनसाङ्ख्यिकीय परिवर्तनलाई पनि उत्प्रेरित गरिरहेको छ र दबाब बढिरहेको छ’, एडीबीका प्रमुख अर्थशास्त्री अल्बर्ट पार्कले भन्नुभयाे ।

प्रतिवेदनले यस क्षेत्रका धेरै वृद्धवृद्धासँग बाँच्नका लागि सेवा निवृत्तिको उमेर नाघेपछि पनि काम गर्नुको विकल्प नभएको उल्लेख गरेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया