कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
अष्ट्रेलियाका आक्रामक ब्याट्सम्यान एरोन फिन्चले पाकिस्तानविरुद्धको खेलसँगै टेस्टमा डेब्यु गर्ने भएका छन् ।
देशका लागि ९३ एकदिवसीय र ४२ टी–२० खेलेका फिन्च यसअघि टेस्ट टिममा नपर्ने खेलाडी हुन् । आक्रामक ब्याटिङकै कारण टेस्टमा नपर्ने गरेका फिन्चले पाकिस्तानविरुद्ध खेल्ने टेस्ट टिमको घोषणापछि भने, ‘अब मैले टेस्ट क्रिकेटमा कसरी संयमित भएर खेल्ने त्यसबारे सोच्दैछु ।’
टेस्टमा संयमित भएर खेल्नु पर्ने भए पनि ओपनिङ गर्न पठाएमा नेचुरल गेम नै खेल्ने उनको भनाई छ । मध्यक्रममा ब्याटिङमा उत्रिनु परे स्पिन र रिभर्स स्वीङको सामना गर्नुपर्ने भएकाले यस विषयमा प्रशिक्षक र कप्तानसँग सल्लाह गर्ने पनि बताए ।
फिन्चले सन् २०११ मा इंग्ल्याण्डविरुद्ध टी–२० मा डेब्यु गरेका थिए भने श्रीलंकाविरुद्ध २०१३ मा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । उनले अहिलेसम्म एकदिवसीय क्रिकेटमा ११ शतक तथा १८ अर्धशतकसहित ३ हजार ३ सय ६१ रन बनाईसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।