भारइरल ज्वरो प्रभावितलाई मुख्यमन्त्री राउतको सहयोग

 असोज ५, २०७५ शुक्रबार १७:४९:३६ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत सप्तरीको कञ्चनरुप नगरपालिकाको स्वाइन फ्लू प्रभावित परिवारलाई राहत वितरण गरेको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिकामा बेमौसमी रुघाखोकी र ज्वरोबाट ज्यान गुमाएका चार जनाका परिवारजनलाई जनही २–२ लाख रुपैयाँका दरले रकम वितरण गरेको हो । त्यस्तै प्रकोप नियन्त्रणमा सामाजिक विकास मन्त्रालयले १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । 

मुख्यमन्त्री राहत कोषबाट उहाँले नगरपालिकाका चार मृतक परिवारलाई जनही २ लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको संघीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिनुभयो ।

त्यस्तै मधेश आन्दोलनका घाइते सप्तरीको राजविराज निवासी भुवनेश्वर मण्डल बेलचनलाई १ लाख ५० हजार रुपैयाँ बराबरको चेक औषधि उपचार खर्च भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले प्रदान गर्नुभएको छ ।  

सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ७ का १४ वर्षका दिवस बस्नेत, वडा नम्बर ३ का १४ वर्षीय किशोर राम, वडा नम्बर ९ का १४ वर्षीय अमोदकुमार राम र कञ्चनरुप नगरपालिका वडा नम्बर ४ की ५० वर्षीया भालसर देवी सरदारको भाइरल ज्वरोका कारण ज्यान गएको थियो ।

बस्तीमा ज्वरो र रुघाखोकीका बिरामी वढ्दै गएपछि कञ्चनरुप तथा हनुमाननगर क्षेत्रमा स्वास्थ्य शिविरहरु अहिले पनि सञ्चालनमा रहेको छ । यसैगरी ज्वरो तथा रुघाखोकीकै कारण र महादेवा गाउँपालिका १ का ८ वर्षीय महफुल आलमकोे ज्यान गएको छ ।

गएको भदौ २४ देखि कञ्चनरुप र हनुमाननगरमा गरिएको स्वास्थ्य शिविर मार्फत २४ जनाको रगत र ¥याल परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । जनस्वास्थ्य कार्यालयका प्रमख निरञ्जन यादवका अनुसार एक जनामा स्वाइन फ्लू र ४ जनामा हङकङ फ्लूको भाइरस फेला परेको थियो ।

परीक्षणमा कञ्चनरुप नगरपालिका ७ का हरिलाल साहलाई स्वाइन फ्लूको संक्रमण देखिएपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया