कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
एसिया कप क्रिकेटमा आज सुपर फोर अन्तर्गत दोस्रो खेल हुँदैछ ।
पहिलो खेलमा भारत र पाकिस्तानले आ-आफ्ना प्रतिद्वन्दीलाई पराजित गरेका थिए । एसिया कपमा सहभागि ६ टिममध्य सेमिफाइनलमा पुगेका चार टिमका बीचमा सुपर फोरको फरम्याटमा भिडेका हुन् ।
भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान सुपर फोरमा एक अर्कासँग भिड्दै छन् । जस अन्तर्गत आज भारत र पाकिस्तान तथा अफगानिस्तान र बंगलादेश भिड्न लागेका हुन् । सुपर फोर अन्र्तगत पहिलो खेलमा भारतले बंगलादेश तथा पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेका थिए ।
भारत र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार सवा ५ बजे दुबईमा हुँदा सोही समयमा अफगानिस्तान र बंगलादेश सारजाह मैदानमा भिड्नेछन् । समूह चरणमा पनि भारत र पाकिस्तान तथा अफगानिस्तान र बंगादेश यसअघि भिडि सकेका छन् ।
भारतले समूह चरणमा पाकिस्तान र हङकङलाई पराजित गरेको थियो भने अफगानिस्तानले बंगलादेश र श्रीलंकालाई पाखा लगाएको थियो ।
आजको खेलमा भारत र पाकिस्तान मध्य एउटा टिम विजयी भए फाइनल पुग्ने सम्भावना बलियो हुने छ । दुवै टिमले पहिलो सुपर फोरमा विजयी भएकाले आजको खेलको नतिजाले फाइनल यात्रा सहज हुने छ ।
अफगानिस्तान र बंगलादेशले पहिलो खेलमा पराजित भएकाले आज विजयीहुने टिमको पनि सेमिफाइनल यात्राको सम्भावना जिवितै हुने छ । सुपर फोर अन्तर्गत अन्तिम खेलमा मंगलबार भारतले अफगानिस्तान र पाकिस्तानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।