कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गतको अन्तिम खेलमा भारत र अफगानिस्तान बराबरमा रोकिएका छन् । पहिला ब्याटिङ गर्दै अफगानिस्तानले भारतलाई २५३ रनको लक्ष्य दिएको थियाे ।
अफगानिस्तानका मोहम्मद शहजादले १२४ तथा मोहम्मद नबीको ६४ रनको मद्दतले अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २५२ रन बनाएको थियो । तर भारत ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५२ रनमै रोकिएपछि खेल बराबरीमा सकिएको हो ।
भातरले अन्तिम ओभरमा जित्नका लागि ७ रनको आवश्यकता रहेको थियो भने उसँग जम्मा १ विकेट सुरक्षित थियो । तर अन्तिम ओभरमा बलिङ गर्न आएका राशिद खानले ६रन दिएर रबिन्द्र जडेजाको विकेट लिएपछि भारत २५२ रनमै रोकियो । ७ रन चाहिएका बेला जडेजाले दोस्रो बलमा चौका प्रहार गर्दै भारतलाई जित नजिक लगेका थिए ।
तेस्रो बलमा एक रन लिँएपछि खालील अहमदले चौथो बलमा एक रन लिएका थिए । अन्तिम दुई बलमा १ रन बनाउँन भारत असफल भयो । भारतका जडेजा पाँचौ बलमा क्याच आउट भएपछि खेल बराबरीमा टुंग्याउँदै अफगानिस्तानले एसिया कपलाई सम्झन लायक बनाएको हो ।
भारत यसअघि नै फाइनल पुगि सकेको छ भने अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । अब शुक्रबार भारतले उपाधिका लागि बंगलादेश र पाकिस्तानको विजेतासँग प्रतस्पर्धा गर्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।