कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
यु-१८ महिला साफ च्याम्पियनिसप फुटबलमा नेपालले पाकिस्तानलाई १२– ० को फराकिलो गोल अन्तरले पराजित गरेको छ ।
नेपालका जितमा रेखा पौडेलले एक्लैले ७ गोल गरेकी छिन् । यसैगरी नेपालले पहिलो हाफमा ६ गोल गरेको थियो भने दोस्रो हाफमा पनि ६ गोल नै थपेको थियो । पहिलो हाफमा ५ गोल गरेकी रेखाले दोस्रो हाफमा थप २ गोल गरेकी थिइन् । नेपालका लागि रेखाको ७ गोलसँगै शरु लिम्बु, अलिसा जाम्बा, मन्जली कुमारी योन्जन, मनिष राउत र रश्मी कुमारी घिसिङले एक एक गोल गरेका थिए । ५ औं मिनेटबाट गोल गर्न शुरु गरेको नेपालले ९२औं मिनेटमा १२ गोल पुराएको थियो ।
पहिलो हाफको ५औं मिनेटमा ५औं मिनेटमा गोलको खाता खोलेकी थिइन् । १७औं मिनेटमा रेखालेनै व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेकी थिइन् । १९औं मिनेटमा गोल गर्दै रेखा पौडेलले ह्याट्रिक पुरा गरिन् । ३२ औं मिनेटमा टिमका लागि चौथो गोल गरेकी रेखालैनै ब्यक्तिगत पनि चौथो गोल गरिन् ।
नेपालले ३८औं मिनेटमा पाचौं गोल गर्दा पनि त्यो गोल रेखाकै नाममा रह्यो । सारु लिम्बुले पहिलो हाफको अन्त्यतिर गोल गर्दै नेपाललाई ६–० को अवस्थामा पुर्याएकी थिइन् । दोस्रो हाफमा पनि नेपालले ६ गोल नै गरेको थियो । रश्मिकुमारी घिसिङले ६७ औंँ मिनेटमा टिमका लागि सातौं गोल गरिन् । ७१ औं मिनेटमा रेखाले व्यक्तिगत छैटौं गोल गदै दोहोरो ह्याट्रिक गर्दा नेपालको स्कोर ८–० ले अघि बढेको थियो ।
एकतर्फी जस्तो देखिएको खेलमा रेखा पौडेलले ७४ औं मिनेटमा व्यक्तिगत सातौं गोल पुरा गरेकी थिइन् । यसैगरी अलिसा जिम्बाले ८२औं, मञ्जली कुमारी योञ्जनले ८७ औं तथा मनिषा राउतले ९२ औं मिनेटमा गोल गरेपछि नेपाल १२–० गोल अन्तरले विजयी भयो । जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ ।
नेपालले अब मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।