कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
काठमाडौं – झण्डै पाँच वर्षको अन्तरालमा शहीद स्मारक ए डिभिजन लिग फुटबल शनिबारदेखि सुरु हुँदैछ ।
पछिल्लो पटक २०७० सालयता ए डिभिजन लिग सञ्चालन भएको छैन । २०७१–७२ सालमा राष्ट्रिय लिग आयोजना भएको थियो भने भूकम्पका कारण त्यसयता लिग हुन सकेको छैन ।
शनिबार हुने लिगको उदघाटन खेलमा त्रिभुवन आर्मी र न्यूरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।
त्यसअघि उद्घाटन कार्यक्रम भने दिउँसो साढे २ बजेदेखि सुरु हुँदैछ । उद्घाटन कार्यक्रममा कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुतिहरु दिनेछन् ।
प्रतियोगिताअघि शुक्रबार भएको पत्रकार सम्मेलनमा सहभागी सबै टिमका प्रशिक्षकहरुले लिगमा आफ्नो लक्ष्यका साथै दावेदारिता पनि प्रस्तुत गरेका थिए । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आर्मी पहिलो पटक लिग जित्न उत्सुक रहेको प्रतिक्रिया दिए ।
यता एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले भने आफ्नो टिममा फिटनेसको समस्या रहेको स्वीकारे । टुँडीखेलको खराब मैदानमा प्रशिक्षण गर्नुपरको र तयारी पनि पर्याप्त नभएको मुल्मीको गुनासो थियो । तर, आर्मीलाई कडा टक्कर दिने विश्वास उनको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।