कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
बंगलादेशमा भैरहेको यू–१९ एसिया कप अन्तर्गत उद्घाटन खेलमा नेपालले ३०५ रनकाे लक्ष्य पाएकाे छ ।
निर्धािरत ५० अाेभरकाे खेलमा भारतले ९ विकेटकाे क्षतिमा ३०४ रन बनायाे । यसका लागि यशस्वी जैसवालले सर्वाधिक १०४ रन बनाए ।अाक्रामक खेल खेलिरहेका उनलार्इ ३५ अाैं अाेभरकाे ५ अाैं बलमा नेपालका रसिद खानले भीम सार्कीकाे हातबाट क्याच अाउट गराएका थिए ।
त्यसैगरी विष्फाेटक ब्याटिङ गरेका प्राभ सिमरन सिहले ६१ बलमा ८२ रन बनाएका थिए ।
बलिङतर्फ भीम सार्कीले ७ अाेभर बलिङ गर्दै ४२ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए । त्यसैगरी रसिद खानले ८ अाेभर बलिङ गर्दै ४५ रन खर्चेर २ विकेट हात पारे ।कमल सिह एेरी, सन्दिप झाेरा र सागर ढकालले समान १-१ विकेट लिए ।
नेपालले भारतविरुद्ध टस जितेर फिल्डिङ रोजेको थियाे ।
यसअघि, नेपाली बलरले लामो समयपछि भारतीय ओपनिङ ब्याट्सम्यानको पार्टनरसिप तोड्न सफल भएका थिए। नेपाली बलर भीम सार्कीले १७ औँ ओभरको अन्तिम बलमा देवदत्त पादिकललाई एलबीडब्ल्यू आउट गराएका थिए।
अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको नेपालको यसपटकको लक्ष्य फाइनल पुग्ने छ । यद्यपी एक पछि अर्को खेलमा राम्रो प्रदर्शन गर्दै अघि बढ्ने योजना नेपालको छ ।
नेपाल र भारत यू–१९ एकदिवसीयमा अहिलेसम्म सात पटक भिडेकोमा भारतकै पल्ला भारी छ । ६ खेल भारतले जितेको छ भने एक खेलमा नेपाल विजयी भएको छ ।
गत संस्करणको एसिया कपमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको थियो । त्यसअघिका ६ खेलमा पराजित भएको थियो ।
सन् २००० मा भएको यू–१९ विश्वकपमा नेपालले भारतसँग ८ विकेटको पराजय ब्यहोरेको थियो । त्यसपछि एकैपटक सन् २०१२ मा भएको यू–१९ एसिया कपमा नेपाल ८१ रनले पराजित भएको थियो ।
सन् २०१३ मा भारत ९ विकेटले विजयी भयो भने सन् २०१६ को यू–१९ विश्वकपमा भारत ७ विकेटले विजयी भएको थियो भने त्यसे वर्ष भएको एसिया कपमा पनि भारत ६ विकेटले विजयी भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।