इराकी मोडेलको गोली हानी हत्या

 असोज १३, २०७५ शनिबार १३:५२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

इराकी मोडेल तथा इन्स्टाग्राम स्टार तारा फारिसको इराकको बगदादमा गोली हानी हत्या भएको छ ।

२२ वर्षकी इराकी मोडेल तथा इन्स्टाग्राम स्टारलाई गाडीमै रहेको बेला मोटरसाइकलमा आएका नचिनेका मान्छेहरुले गोली हानी हत्या गरेको बताइएको छ । गएको बिहीबार उनको गोली हानी हत्या भएको इराकी सुरक्षा अधिकारीहरुले जनाएका छन् । इराकका प्रधानमन्त्री हैदर अल अवादीले घटनाको छानबिन गर्न निर्देशन दिएका छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Some TARA 🏹 PhotoGhapher @tattooedsuperman #tarafares🕊

A post shared by Tara Fares | تاره فارس (@its.tarafares) on

बगदादकी पूर्व मिस बगदाद र फस्ट रनर अफ इराकको टाइटल समेत जितेकी फारिसलाई बगदादमै गोली हानी हत्या गरिएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ । २२ वर्षकी फारिस इसाइ धर्म मान्दथिन् । उनका बुवा इराकी थिए भने उनकी आमा लेबनानी रहेकी थिइन् । भड्किलाे पहिरन लगाएकाे भन्दै इराकमा उनकाे विराेध हुने गरेकाे थियाे ।

 

सामाजिक सञ्जालमा पनि इस्लाम धर्मको भन्दा फरक पहिरन लगाएर उनले पोष्टहरु गर्ने गरेकी थिइन् । उनको इन्स्टाग्राम तीस लाख फलोअर्स रहेका छन् । उनको हत्या भएपछि सामाजिक सञ्जालमा श्यामस्वेत फोटो राखेर उनका समर्थकहरुले घटनाको विरोध गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया