विषाक्त रक्सी खाँदा ज्यान गुमाउने ६ जनाको शव नेपाल ल्याइयो, २ परिवारले बोर्डमा सम्पर्क गरेनन्

 असोज १३, २०७५ शनिबार १४:२५:० | उज्यालो सहकर्मी

काठमाडौं – विषाक्त रक्सीका कारण मलेसियामा ज्यान गुमाएका ६ जनाको शव नेपाल ल्याइएको छ । 

गएराती रुपन्देहीको मसिना ६ का रामकुमार यादवको र शनिबार मध्यान्ह सर्लाहीका शेरबहादुर ठकुरीको शव नेपाल ल्याइएको वैदेशिक रोजगार प्रवर्द्धनबोर्डले जनाएको छ । 

सर्लाहीकै आइत सिंह गोले र नवलपरासीको देउरालीका दुर्गासिंह रानाको शव बिहीबार नेपाल ल्याइएको हो । 

सुनसरीका संजय उराव र इलामका बलबहादुर कुलुङको शव पनि नेपाल ल्याइसकिएको खबर आएपनि परिवारले बोर्डमा सम्पर्क नगरेको प्रवर्द्धनबोर्डले जनाएको छ ।

विषाक्त रक्सी खादा १० जना नेपाली कामदारको मलेसियामा ज्यान गएको छ । बोर्डका अनुसार भिमबहादुर घलेको शव आइतबार नेपाल ल्याउने तयारी छ । त्यसैगरी बिशाल बुढाथोकीको १६ गते, सुकुवल घिसिङको १७ गते र बिमल कार्कीको शव १८ गते नेपाल ल्याउने तयारी छ । 

विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव सरकारले निःशुल्क घरसम्म पु¥याइदिने भएकाले ढुवानी सेवाका लागि सम्पर्क गर्न वैदेशिक रोजगार प्रवर्द्धनबोर्डले परिवारलाई अनुरोध गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया