कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
बंगलादेशमा भैरहेको यू–१९ एसिया कप अन्तर्गत उद्घाटन खेलमा नेपालले १७१ रनले पराजित भएकाे छ ।
निर्धािरत ५० अाेभरकाे खेलमा भारतले ९ विकेटकाे क्षतिमा ३०४ रन बनायाे । ३०५ रनकाे लक्ष्य भेट्न जवाफी ब्याटिङ गरेकाे नेपालले ३६.५ अाेभरमा १३३ रन बनाउँदै अल अाउट भएपछि १७१ रनकाे विशाल अन्तरकाे हार बेहाेरेकाे हाे ।
१३३ रन बनाउने क्रममा कप्तान अाशिफ शेखले २५, राेहित पाैडेलले २४ तथा सन्दीप झाेराले २० रन बनाए । त्यस्तै रबिन्द्र जंगले १६ र रबि कुमार शाहले ११ रनकाे बनाए भने बाँकी खेलाडीले दाेहाेराे अंककाे रन बनाउन सकेनन् ।
नेपाललार्इ १३३ रनमा राेक्ने क्रममा भारतका सिद्धार्थ देसार्इ र हर्ष त्यागीले समान ३-३ विकेट लिएका थिए ।
नेपालले भारतविरुद्ध टस जितेर फिल्डिङ रोजेको थियाे ।
अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको नेपालको यसपटकको लक्ष्य फाइनल पुग्ने छ । यद्यपी एकपछि अर्को खेलमा राम्रो प्रदर्शन गर्दै अघि बढ्ने योजना नेपालको छ ।
गएकाे संस्करणको एसिया कपमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको थियो । त्यसअघिका ६ खेलमा पराजित भएको थियो ।
सन् २००० मा भएको यू–१९ विश्वकपमा नेपालले भारतसँग ८ विकेटको पराजय ब्यहोरेको थियो । त्यसपछि एकैपटक सन् २०१२ मा भएको यू–१९ एसिया कपमा नेपाल ८१ रनले पराजित भएको थियो ।
सन् २०१३ मा भारत ९ विकेटले विजयी भयो भने सन् २०१६ को यू–१९ विश्वकपमा भारत ७ विकेटले विजयी भएको थियो भने त्यसे वर्ष भएको एसिया कपमा पनि भारत ६ विकेटले विजयी भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।