रोनाल्डोको सहयोगमा युभेन्टसको जित, इन्टर मिलान र रोमा पनि विजयी

 असोज १४, २०७५ आइतबार ८:१०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

सिरिए फुटबलमा युभेन्टस, इन्टर मिलान र रोमा विजयी भएका छन् ।  रोनाल्डो प्रेरित युभेन्टसले नापोली माथि ३–१ को जित निकालेको हो ।

शनिबार रातिको खेलमा रोनाल्डो व्यक्तिगत गोल गर्न नसके पनि दुई गोल उनको सहयोगमा भएको थियो । १०औं मिनेटमा नापोलीका डी मेट्रिन्सले गाल गर्दै अग्रता दिलाएका थिए । तर युभेन्टसले २६औं मिनेटमा बराबरी गोल गरेका थिए ।

क्रिष्टियानो रोनाल्डोले प्रहार गर्दा रिबाउन्स भएको बललाई मारियो मान्डुकिजले गोल गर्दै युभेन्टसलाई बराबरीमा ल्याएका थिए । यसैगरी मान्डुकिजले ४९औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दा युभेन्टस २–१ ले अघि बढेको थियो ।

निर्धारित समय सकिन १४ मिनेट बाँकी रहेका बेला लियोनार्दो बुन्सिले युुभेन्टसका लागि गोल गर्दै खेलको नतिजा ३–१ बनाएका थिए । जारी सिजनमा युभेन्टस अपराजित रहँदै २१ अंक सहित शीर्ष स्थानमा छ । पराजित भएको नापोली १५ अंक सहित दोस्रो स्थानमा रहेको छ ।

यसैगरी अर्को खेलमा इन्टर मिलानले कालगिरि माथि २–० को जित निकालेको छ । मिलानको जितमा १२औैं मिनेटमा मार्टिनेजले सुरुआती गोल गरेका थिए भने ८९ औं मिनेटमा माटियोले दोस्रो गोल थपेका थिए । जितसँगै इन्टर मिलान लिग तालिकाको चौथो स्थानमा छ ।

त्यस्तै  रोमाले लाजियो माथि ३–१ को जित निकालेको छ । रोमा लिग तालिकाको छैटौं स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया