कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
बंगबन्धु गोल्डकप खेल्नका लागि आज नेपाली राष्ट्रिय फुटबल टिम बंगलादेश जाँदैछ ।
प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । समूह ए रहेको नेपालको खेल भने मंगलबार परेको छ । पहिलो खेलमा नेपालले ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ भने २० गते प्यालेस्टाइनसँग खेल्नेछ ।
समूहमा तीन टिम रहेकाले एक खेल जित्न सकेको खण्डमा पनि सेमिफाइनलको यात्रा सहज हुनेछ । प्रतियोगिताको समूह चरणका खेलहरु सिलेतमा हुनेछन् भने सेमिफाइनल कक्स बजारमा संचालन हुनेछ ।
फाइनल भने राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा हुनेछ । दुई वर्षअघिको संस्करणमा नेपालले उपाधि जितेको थियो ।
नेपालले साफ च्याम्पियनसिप खेलेकै टिमलाई बंगलादेश पठाउँदैछ । तर गोलकिपर किरण कुमार लिम्बु र रोहित चन्द भने विदेशी लिगका कारण टिममा छैनन् । किरणको स्थानमा विशाल श्रेष्ठ र रोहितको स्थानमा तेज तामाङ टिममा परेका छन् ।
बंगलादेश फुटबल फेडेरेसनले बंगलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा सन् १९९६ देखि आयोजना सुरु गरेको प्रतियोगिताको यो पाँचौं सस्करण हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।