फिल्मकाे प्रचारका लागि दीपासँगै दीपकले पनि काट्न थाले रिबन

 असोज १४, २०७५ आइतबार १४:३२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - निर्देशक दीपाश्री निरौला र कलाकार दीपकराज गिरी यतिबेला छक्का पञ्जा ३ को प्रचारमा जुटेका छन् ।

असोज २४ गते घटस्थापनाको दिनदेखि प्रदर्शनमा आउन लागेको यो सिनेमाको प्रचारमा निर्माण पक्षले कुनै पनि कसर बाँकी नराख्ने भएको छ ।
 
यसैकारण अहिले दीपक एकपछि अर्को पसल उद्घाटनमा दौडिन थालेका छन् । यसअघि प्राय पसलहरु उद्घाटन गर्न दीपाश्री एक्लै जाने गरेकी थिईन् । तर यतिबेला भने सिनेमाको प्रचार प्रसारको लागि भन्दै समय निकालेर दीपक पसल पसलमा उद्घाटनाका लागि पुगिरहेका छन् ।

गएकाे शुक्रबार र शनिबार दीपकले लगातार दीपासँग दुईवटा पसल उद्घाटन गरेका छन् ।

दीपक र दीपाले शनिबार काठमाडाैंको सिटी सेन्टरमा खोलिएको निल डेभिड सैलुनको नयाँ शाखा उद्घाटन गरेका छन् । उद्घाटनको लागि तयार भएका दीपा र दीपकको लुक्सले पनि चर्चा पाएको छ ।

यी दुई निकै नै आकर्षक लुक्सका साथ साखा उद्घाटनमा पुगेका थिए । सार्वजनिक तस्बिरमा पनि दीपक र दीपा झन् भन्दा झन् युवा देखिंदै गएको प्रतिक्रिया धेरैले दिएका छन् ।

निल डेभिडको यो ६४ औँ शाखा हो । यस अघि याे सैलुन भारतमा पनि उद्घाटन गरिसकिएको छ । भारतको नयाँ दिल्लीमा खोलिएको निल डेभिड सैलुन उद्घाटनमा अभिनेत्री विपना थापा पुगेकी थिइन् ।

त्यस्तै सिनेमाको प्रचारलाई नै सहयोग पुग्ने हिसाबले यी दुइले शुक्रबार मैतिदेवीमा खोलिएको केकेएफसी रेष्टुरेण्ट पनि रिबन काटेर उद्घाटन गरे ।
काठमाण्डौको पिपुल्स प्लाजा पछि केकेएफसीको नयाँ शाखा मैतिदेवीमा पनि खाेलिएकाे हाे ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया