प्रिमियर लिगमा आर्सनल र ब्राइटन तथा क्रिस्टल प्यालेस र चेल्सीले ...
पुस २१, २०८१ आइतबार
बारा – बाराको जितपुर सिमरा उपमहानगरपालिका २२ अमलेखगञ्जमा बस दुर्घटनामा परि ज्यान गुमाएका नौ जनाको सनाखत भएको छ । बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १६ पुगेको छ ।
हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका १२ जनामध्ये नौ जनाको सनाखत भएको प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो । ज्यान गुमाउनेमा पर्साको वीरगञ्ज महानगरपालिका १६ की मुन्नीदेवी चौरसिया, हेटौँडा उपमहानगरपालिका ७ की ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, २० वर्षीया स्वस्तिका श्रेष्ठ, बाराको कलैया–१० का नगरीन खातुन, बाराको अमलेखगञ्जका सुरेश विक, बाराको कलैयाका इन्ताज अन्सारी, ओखलढुङ्गाका ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाकी अम्बिका कँडेल र पर्साको वीरगञ्ज १६ का सकेमप्रसाद चौरसिया रहेका एसपी गौतमले जानकारी दिनुभयो ।
यसैबीच बस दुर्घटनामा घाइते ३६ मध्ये २० जनालाई थप उपचारका लागि चितवनको भरतपुरमा रहेकाे पुरानो मेडिकल कलेज लगिएको छ । मकवानपुरकाे हेटौँडा अस्पताल, चुरेहिल अस्पताल, सञ्चो अस्पताल र मकवानपुर सहकारी अस्पतालमा प्राथमिक उपचारपछि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिनुभयो ।
बसमा चढ्ने यात्रुको सङ्ख्या यकिन हुन नसके पनि झन्डै ५० जना रहेको प्रहरीले जनाएको छ । नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा दुर्घटना भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।