कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
काठमाडाैं - मलेसियामा हुने ट्वान्टी-२० विश्वकपको एसिया उप-क्षेत्रीय छनौट प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरिएको छ ।
टिममा शरद भेषवाकर र प्रदिप एेरीले कमब्याक गरेका छन् । एेरीले ३ वर्षपछि राष्ट्रिय टिममा कमब्याक गरेका हुन्।
नेपाली टिममा पारस खड्का -कप्तान, ज्ञानेन्द्र मल्ल, ललित राजवंशी, आरिफ शेख, प्रदिप ऐरी, अनिल साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र ऐरी, करन केसी, ललित भण्डारी, सन्दिप लामिछाने, शरद भेसावकर र सोमपाल कामी रहेका छन्।
शरद नेदरल्याण्डविरुद्ध पहिलो एकदिवसीय खेल्ने क्रममा हातको चोटको कारण एसिया कप छनौट खेल्न पाएका थिएनन् भने सन् २०१५ पछि प्रदिप ऐरी राष्ट्रिय टिमबाट बाहिर रहेका थिए।
सन् २०२० मा अष्ट्रेलियामा हुने ट्वान्टी-२० विश्वकपको लागि प्रारम्भिक छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा अक्टोबर ३ मा म्यानमारको सामना गर्नेछ।
यस्तै दोस्रो खेल मलेसिया, तेस्रो खेल थाइल्याण्ड, चौथो खेल भुटान,पाँचौ खेल चीन र छैठाैं तथा अन्तिम खेल सिंगापुरविरुद्ध खेल्नेछ।
प्रतियोगिताका लागि नेपाली टिम भोली मलेसिया प्रस्थान गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।