कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
अमेरीकी महिलाले आफूमाथि लगाएकाे बलात्कारकाे आरोपलाई स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गलत समाचार भएको प्रतिक्रिया दिएका छन् ।
सन् २००९ मा अमेरीकी महिलालाई रोनाल्डोले बलात्कार गरेको र सो केसलाई लुकाउन मोटो रकम दिएको भन्दै जर्मन पत्रिकाले समाचार छापेपछि उनको चौतर्फि आलोचना भएको थियो ।
तर सो विषयमा बोल्दै रोनाल्डो इन्टाग्राममा भनेका छन्, उनीहरुले मेरो नाम जोडेर आफूलाई प्रचार गर्न चाहेका छन् जुन मेरा लागि सामान्य रहेको र यो समाचारमा कुनै सत्यता नभएको प्रतिक्रिया दिए ।
३३ वर्षे रोनाल्डोले अमेरीकाको लस भेगासको एक होटलमा ती महिलालाई बलात्कार गरेको र २०१० मा ती महिलाले स्थानीय पुलिसमा रिपोर्ट गर्दा कोर्टको आदेशमा रोनाल्डोले तीन लाख ७५ हजार अमेरीकी डलर तिरेर कहिले पनि यो कुरा बाहिर ननिकाल्न सर्त राखेको बताइएको छ ।
रोनाल्डोका वकिलले पनि उनलाई अहिले आएर बदनाम गर्न खोजिएको बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।