कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
एसीसी यू–१९ एसिया कपमा नेपालले साेमबार साविक विजेता अफगानिस्तानसँग खेल्नेछ । यो खेल नेपाली समय अनुसार बिहान पौने नौ बजे सुरु हुनेछ ।
अन्तर्राष्ट्रिय क्रिकेटमा चिरपरिचित नेपाल र अफगानिस्तान गएकाे संस्करणको प्रतियोगितामा पनि आमने–सामने भएका थिए । जसमा अफगानिस्तान ७ विकेटले विजयी भएको थियो । यसपटक पनि नेपालले पहिलो खेलमा नै भारतसँग एक सय ७१ रनको भारी हार ब्यहोरेको छ ।
यता अफगानिस्तानले युएइलाई ५ विकेटले पाखा लगाएको थियो । सेमिफाइनलको लक्ष्य राखेको नेपाल यदि साेमबार पराजित भएमा प्रतियोगिताबाट नै बाहिरिने छ । त्यसैले पनि नेपाललाई साेमबारकाे खेल जित्ने पर्ने दबाव छ । भारत विरुद्ध कमजोर ब्याटिङ गरेको नेपालले मंगलबारको खेलमा केही परिवर्तन गर्न सक्नेछ ।
अघिल्लो संस्करणमा भारतलाई हराएर सेमिफाइनल पुगेको नेपाल यसपटक भने केही कमजोर देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।